दफा ५
अनुमतिपत्र दिन सक्ने
(१) दफा ४ बमोजिम प्राप्त निवेदन र कागजातको अध्ययन गर्दा लगानीकर्ता र सर्वसाधारणको हित हुने कुरामा बोर्ड सन्तुष्ट भएमा वस्तु विनिमय बजारको हकमा एकसय बीस दिनभित्र र वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालनको हकमा नब्बे दिनभित्र बोर्डले तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन र कागजातको अध्ययन गर्दा निवेदकसँग थप विवरण वा कागजात माग गर्नुपर्ने वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्नु पर्ने देखिएमा बोर्डले त्यस्तो विवरण वा कागजात माग गर्न वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्न बढीमा तीस दिनको अवधि तोकी आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा सम्बन्धित निवेदकले त्यस्तो आदेश बमोजिम विवरण वा कागजात पेश गर्ने वा पेश भएको विवरण वा कागजातमा थप स्पष्ट गर्नु पर्नेछ ।